
उदयपुर । मोटरसाइकल दुर्घटना परि घाइते भएका त्रियुगा नगरपालिका–१२ का वडा अध्यक्ष चुडाराज काफ्लेको निधन भएको छ ।
फागुन ६ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका वडा अध्यक्ष काफ्लेको शनिबार राति निधन भएको हो ।
मोटरसाइकल दुर्घटनापछि घाइते भएका अध्यक्ष काफ्लेलाई विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारका लागि लगिएको थियो । काफ्लेको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी हुनुभएको भएको थियो ।
प्रतिक्रिया दिनुहोस्