२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु


130
Shares

अर्घाखाँची । अर्घाखाँचीमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

सदरमुकाम सन्धिखर्कमा रहेको टुडिखेल मैदानमा सुरु भएको खेलको एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै उहाँले उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यस्तै, आगामी दिनमा पुर्वाधार विकास संगै खेलका आयोजना अन्तर्गत क्षेत्रिय, जिल्ला, पालिका, वडा स्तरीय खेल मैदान निर्माण गर्ने बताउनुभयो । जिल्लामा ठूलो खेल मैदान नहुँदा पटक पटक हुने विभिन्न खेलमा समस्या हुने गरेको रायमाझीले बताउनुभयो ।

भलिबल, दौड, ज्याभलिङ, हाईजम्प, लङजम्पलगायतका खेलहरु सञ्चालन हुने जिल्ला खेलखुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाबाट प्रतिनिधित्व हुने गरि खेलाडी सहभागी रहेको छ ।