१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति रनिङ शिल्ड मेलौलीलाई


130
Shares

बैतडी । बैतडीको पाटनमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ ।

मेलौली १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित पहिलो भएको हो ।

यस्तै, पाटन नगरपालिका ७ स्वर्ण, ६ रजत र ८ कास्यपदकसहित दोस्रो भएको छ । यसका साथै ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित डिलाशैनी गाउँपालिका तेस्रो भएको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । प्रतियोगितामा १० वटै पालिकाको सहभागिता रहेको थियो । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ ।