१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय, समर्थन पनि फिर्ता


2.288k
Shares

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यसैगरी एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।

योसँगै नेकपा एमाले सहितको गठबन्धन धरापमा परेको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसमा उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने निर्णय गरेपछि एमाले दाहालसँग असन्तुष्ट रहेको थियो ।सत्ता गठबन्धनको मुख्य दल एमालेले समर्थन फिर्ता लिएपछि गठबन्धन संकटमा परेको छ ।

यद्यपि विश्वासको मत लिने बेला गत पुस २६ मा दाहालले दुई तिहाइभन्दा बढी मत प्राप्त गर्नु भएको थियो । सत्ता गठबन्धनमा रहेको अर्काे दल राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिदैं सरकारबाट बाहिरी सकेको छ ।