८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारले जनयुद्ध र जन-आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने


598
Shares

काठमाडाैं । सरकारले जनयुद्ध र जन-आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने भएको छ ।

सोमबार राति सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजना हुने नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरिने भएकाे छ ।

नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/०६३ सालको जन-आन्दोलनमा शहादत प्राप्त गरेका शहीदको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्ने भएको हो ।

मन्त्रिपरिषद्ले सार्वजनिक बिदाको दिन कुन–कुन सरकारी कार्यालय खोल्ने भन्ने बारेमा पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयाे ।