१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘होनर’ मोवाइलका होनर म्याजिक श्रृंखला र होनर म्याजिक भीएस सार्वजनिक


247
Shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्राण्ड ‘होनर’ ले स्मार्ट मोवाइलमा दुइवटा नयाँ सिरिज विश्वभर उपलब्धता भएको जनाएको छ ।
स्पेनको राजधानी वार्सिलोनामा आयोजित मोवाईल वल्र्ड कांग्रेस २०२३ मा होनरले आफ्ना उत्पादनहरु होनर म्याजिक ५ श्रृंखला र होनर म्याजिक भीएसको विश्व बजारमा उपलब्ध भएको जनाएको हो । होनर म्याजिक ५ श्रृंखला र होनर म्याजिक भीएस, होनर म्याजिक श्रृंखलाको पछिल्लो पुनराबृत्ति भएको कम्पनीले जनाएको छ । जसले विश्वभरका प्रयोगकर्ताहरूका लागि वास्तविक फ्ल्यागशिप स्मार्टफोन अनुभव प्रदान गर्नेछन् । होनरले ग्राहकहरूको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न प्रतिबद्ध रहेर सबैको दैनिक जीवनमा सुधार गर्न सहज टेक्नोलोजी समाधानहरू प्रदान गर्दै उत्पादनमा नवीनता र मानव–केन्द्रित दृष्टिकोण अपनाएको जनाएको छ ।

यसैगरी होनर नेपालले होनर मोवाइलहरु नेपालमा १८ हजारदेखि ६९ हजार ९९० सम्म पर्ने जनाएको छ ।