
काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
उहाँले बैठकमा खालि सिट देख्दा देखिन थालेको बताउनुभयो । उहाँले प्रतिनिधि सभा सांसदविहिन हुँदा आफुलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताउनुभयो । उहाँले आफुले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताउनुभयो ।
उहाँले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गर्नुभयो । उपसभामुख रानाले संसदमा जनताका कुराहरुलाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि बताउनुभयो ।
उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताउनुभयो । आफु उपसभामुखको रुपमा काठमाडौंमा मात्र नबसि जनताका कुराहरु सुन्न जिल्ला–जिल्लामा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
उपसभामुख रानाले महिलाहरु समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुला रुपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताउनुभयो । राज्यका निकायमा ५० प्रतिशत महिला पु¥याउन प्रयास गर्नुपर्ने उहाँको भनाई छ । महिलाहरु पार्टीको ‘रबरस्ट्याम्प’ बन्नु नहुने उहाँले बताउनुभयो ।
उपसभामुख रानाले सिमान्तकृत बालबालिका, असहाय बालबालिका र ज्येष्ठ नागरिकका लागि देशले राम्रो कानून नबनाएको देखेर आफू राजनीतिमा आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्