१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छथर जोरपाटीमा ५ सय २५ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा


273
Shares

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आयोजना गरिएको दुई दिने बृहत निःशुल्क स्वाथ्य शिविरमा ५ सय २५ जनाले स्वाथ्य सेवा लिएका छन् ।

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक सहयोग तथा छथर जोरपाटी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविरमा १ सय ७९ पुरुष र ३ सय ४६ जना महिलाले स्वाथ्य सेवा लिएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर मान डंगोलले जानकारी दिनुभयो ।

शिविरमा मुटु रोग, सुगर, प्रेसर, स्त्री रोग हाडजोर्नी तथा नाशा रोग, भिडियो एक्सरे, दम तथा फोक्सो लगायतका रोगहरूको विशेषज्ञ डाक्टरहरूबाट परिक्षण र उपचार गरिएको थियो ।

आर्थिक रुपले कमजोर नागरिकहरूलाई गाउँघर मै स्वाथ्य सेवा उपलब्ध गराउनका लागि नि:शुल्क स्वाथ्य शिविरको आयोजना गरिएको र त्यस बाट धरै नागरिकले लाभ लिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो ।