
काठमाडौं । प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेले राखेको प्रस्तावमा समर्थन गरेको नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ ।
बुधबार एमालेको प्रस्तावमा नेपाली कांग्रेसका सांसद भूमि प्रसाद राजवंशीले समर्थन गर्नुभएको थियो । एमालेले राखेको प्रस्तावमा कांग्रेस र माओवादीले समर्थन गर्ने जनाएकामा पछि माओवादीले समर्थन नगरेपपछि कांग्रेस पनि पछि हटेको हो । प्रदेश १ को नाम किराँत लिम्बुवान सगरमाथा राख्न नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरूद्वारा प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता गरिएको छ ।प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाको १ जना सांसद छन् । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ ।
प्रतिक्रिया दिनुहोस्