१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ को नामाकरण गर्न प्रदेश सभा बैठक सुरु


390
Shares

काठमाडौं । प्रदेश १ को नामाकरण गर्न प्रदेशसभाको बैठक सुरु भएको छ ।

बुधबारको बैठकमा प्रदेश १ को नामकरण गर्ने कार्यसूची रहेको छ । नेकपा एमालेले कोशी प्रदेश राख्ने गरी ल्याएको प्रस्तावमा सुरुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समर्थन जनाएका थिए । तर पछि दुबै दल त्यसमा पछाडि हटेका छन् । त्यसैगरी साना दलहरुले किरात लिम्बुवान सगरमाथा नामाकरण गर्नु पर्ने भनेर प्रस्ताव दर्ता गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरूले किरात लिम्बुवान सगरमाथा नामाकरण गर्नु पर्ने भन्दै प्रस्ताव दर्ता गरेका हुन् ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाको १ जना सांसद छन् । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ ।