
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न बुधबार दिउँसो गौतम निवास भैंसेपाटी पुग्नुभएका ओलीले राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुका साथै एमालेमा फर्कन आग्रह समेत गर्नुभएको हो ।
राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई नै मत दिने विश्वास ब्यक्त गर्दै ओलीले नेकपा एमाले पार्टी पनि तपाईले निर्माण गरेको पार्टी भएको भन्दै गौतमलाई पार्टीमा फर्कन आग्रह गर्नुभयो । जवाफमा गौतमले एमालेमा राखिएको ७० वर्षे प्रावधान अवरोध रहेकाले त्यसलाई हटाउन आग्रह गर्नुभयो । एमालेको विधानअनुसार ७० बर्ष उमेर पुगेका कुनैपनि नेतालाई कार्यकारी पदमा रहन वा पार्टीको चुनाव लड्न निषेध गरिएको छ ।
तत्कालीन नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँ एमालेबाटै विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पार्टी एकताका लागि संवादमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्