
सिन्धुली । सिन्धुलीका ठूला राज मार्गहरुमा हुने सवारी दुर्घटनाकाे न्यूनिकरण गराउने उदेश्यले सवारी चेकजाँचको अभियान गरिएकाे छ ।
पछिल्लो समयमा वीपी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गको ट्रान्जिट प्वाईन्ट बनेको सिन्धुलीका राजमार्गहरुमा ट्राफिक प्रहरीले सवारी चेकजाँच बढाएकाे हाे । साेही राजमार्गहरूमा अहिले सडक दुर्घटनामा समेत कमी आएको छ ।
यी राजमार्गहरूमा पछिल्लो समयमा अत्यधिक सवारी चाप बढेसँगै सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले साना माल बाहक सवारीका साधनहरुको वर्नटमा नियम विपरित बनाएका बम्परहरु निकाल्न लगाइएको ट्राफिक प्रहरी कार्यालय खुर्कोटका ट्राफिक सहायक निरीक्षक रामेश्वर पाण्डेले बताउनुभयाे ।
ट्राफिक प्रहरी कार्यालय खुर्कोटले पुष्पलाल मध्यपहाडी लोकमार्गमा संचालन हुने यात्रुबाहक सवारी साधन र माल बाहक सवारीका साधन र सवारी चालक अनुमति पत्रको चेकजाँच तीब्र रुपमा गरिरहेको जनाएको छ । केही वर्ष पहिले सिन्धुलीमा प्रति वर्ष ३० जनासम्मले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको एक तथ्यांकले देखाएको छ ।
तर पछिल्लो समयमा सडक दुर्घनामा ज्यान गुमाउनेकाे संख्यामा कमी आएको छ ।
प्रतिक्रिया दिनुहोस्