
कैलाली । कैलालीको मालाखेती अस्पतालले स्वास्थ्य सेवामा सुधार गरेको छ ।
प्राथमिक सवास्थ्य चौकीबाट अस्पतालमा स्तरोन्नति भएको ९ वर्ष पुग्दासम्म मालाखेती अस्पताल स्वास्थ्य केन्द्रकै सेवामा सिमित थियो । पछिल्लो समय अस्पतालमा आवश्यक उपकरण थपिनुका साथै बिरामीको चाप पनि निकै बढेको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा मालाखेती अस्पताल रहेकाे छ । गोदावरी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बिरामीहरुलाई मध्ये नजर गर्दै २०७१ सालमा गोदावरी प्राथमिक स्वास्थ्य चौकीबाट मालाखेती अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो ।
स्तरोन्नति भएपनि अस्पतालले नागरिकको विश्वास जित्न सकेको थिएन । मासिक खोप तथा सामान्य प्राथमिक उपचारमा सिमित मालाखेती अस्पतालले अहिले विशेषज्ञ सेवा दिन थालेको छ ।
पछिल्लो समय अस्पतालबाट दैनिक सयौँको संख्यामा बिरामीले सेवा लिइरहेका छन् । पहिले धनगढी वा अन्यत्र जाने बिरामी अहिले मालाखेतीबाटै सेवा लिइरहेका मेट्रोन मालाखेती अस्पताल कैलालीका यसोदा ढकालले बताउनुभयाे ।
विगतमा फोहोरै, फोहोर देखिने मालाखेती अस्पताल अहिले सफा र चिटिक्क देखिन्छ । सरकारले खरिद गरेर प्रयोगविहीन बन्न पुगेका उपकरणहरु अहिले प्रयोगमा ल्याइएको छ ।
पछिल्लो समय मालाखेती अस्पतालले सेवा सुविधामा सुधार ल्याएपछि यस क्षेत्रका सेवाग्राही पनि खुशी भएका छन् । अहिले सामान्य बिरामी हुँदा धनगढी तथा अन्यत्र जानुपर्ने बाध्यता हटेको सेवाग्राही पदम प्रकाश पन्त र पदमराज भट्टले बताएका छन्।
मालाखेती अस्पतालमा अहिले विषेशज्ञसहित ३ जना चिकित्सक कार्यरत रहेका छन् । दरबन्दी अनुसार पर्याप्त स्वास्थ्यकर्मी रहेको अस्पतालले खरिद गरेको उपकरणको प्रयोग र प्रशासनिक सुधारलाई जोड दिएको छ । हाल अस्पतालले दैनिक सेवाका साथै बिरामी भर्ना गरेर पनि उपचार सुरु गरेको छ ।
लगत्तै, हाइड्रोशील र हर्नियाको अप्रेशन पनि सुरु गर्ने अस्पतालले तयारी गरेको छ । गोदावरी नगरपालिकाले अस्पताल व्यवस्थापन समिति अध्यक्षमा डा. नरबहादुर मौनीलाई नियुक्त गरेसँगै अस्पतालको सुधारमा उहाँ केन्द्रित हुनु भएको छ ।
पछिल्लो समय निजि अस्पताल खोल्ने होडबाजीले धनगढी र अत्तरिया अस्पतालको हव त बन्दै गएको छ। तर प्रतिस्पर्धामा खोलिएका निजी अस्पतालले गरीबको ढाड सेक्ने गरी रकम अशुल्न थालेपछि विपन्न नागरिक बिचल्लीमा रहेका छन् ।
तसर्थ निम्न वर्गीय नागरिकलाई नि:शुल्क स्वास्थ्य सुविधा दिएर सरकारको आभास दिलाउँदै सरकारी अस्पतालको स्तरोन्नतिमा जोड दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्