
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा संयुक्त अरव इमिरेट्स(यूएई) ले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।
यूएईको दुबइस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनायो ।
युएईका लागि ओपनिङ गरेका आशिफ खानले सर्वाधिक ७२ रन बनाए । ९९ बल खेलेका खानले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहन मुस्ताफाले नटआउट ५२ रन बनाए। आर्यन लाक्राले २८ रन बनाए । तयसैगरी कप्तान सिपी रिजवानले २२ र भित्य अर्बिन्दले १८ रन बनाए । मुस्ताफा र आर्यल लाक्राले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै यूएईको स्कोर २०० पु¥याएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ३ विकेट लिएका हुन्। यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्