
ओखलढुंगा । प्रदेश १ लाई कोशी नामकरण गरिएको विरोधमा ओखलढुंगामा किराँत राई यायोक्खाले विरोध प्रदर्शन गरेको छ ।
बिहीबार बिहान सिद्धिचरण राजमार्ग अवरुद्ध गरेर जिल्ला सदरमुकामस्थित गोरुमारेभञ्ज्याङमा यायोक्खाले विरोध प्रदर्शन गरेको हो ।
प्रदेशको नाम कोसी परिवर्तन गरी पहिचानका आधारमा प्रदेशको नाम किराँत राख्नका लागि दवाव स्वरुप विरोध प्रदर्शन गरिएको ओखलढुंगाका यायोक्खा अध्यक्ष थगेन्द्रराज राईले बताउनुभयो ।
चुनावमा पहिचानको मुद्दा बोकेका राजनीतिक दल र सांसदहरुबाटै धोका भएको भन्दै पहिचान पक्षधरहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्