१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु


273
Shares

सिन्धुली । माइक्रोबसको ठक्करबाट सिन्धुलीमा एक जना बालिकाको मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ७ मा सडक दुर्घटना हुँदा ९ वर्षिया बालिका ममता पाख्रिनको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रवक्ता डिएसपी चिरन्जीवी दाहालले बताउनुभयो ।

काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ४ ख ६६७३ नम्बरको माइक्रोबसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रवक्ता डिएसपी चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।