१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तेह्रथुमको आठराईका अग्निपीडितलाई राहत प्रदान


78
Shares

तेह्रथुम । तेह्रथुमको आठराई-६ चुहानडाँडामा यहि फागनु १२ गते भीषण आगलागी भएकाे थियाे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता गुरुङले अग्निपीडितहरूलाई राहत प्रदान गर्नुभएकाे हाे।

गुरुङले एक कार्यक्रमकाबीच अग्निपीडितहरुलाई सहयोग गर्नुभएको हो । आगलागीका कारण १४ घर जलेर नष्ट हुँदा ३ करोड बढीको क्षति भएको थियो । तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घर मध्ये ९ वटा घरमा मानिस बस्दै आएका थिए । ५ वटा घर खाली रहेका थिए ।

अग्निपीडितहरूको घरमै पुगेर गुरुङले राहत प्रदान गर्नु भएको हो । आफू निर्वाचित भए प्रश्चात पाएको भत्ता बापतको रकमले पीडितहरुलाई सहयोग गरेको बताउनुभयो ।

आगलागीबाट ९ परिवारका ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्न पात र लत्ता कपडा जलेर नष्ट भएको छ । आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भिमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको थियाे । आगलागीका कारण घरको अन्नपातसँगै सम्पूर्ण सामग्री जलेकाे अग्निपीडित उमेश तामाङले बताउनुभयो ।

बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घरहरू भएकाले बस्ती सखाप हुदाँ ठूलो क्षति भएको हो । आगलागी भएको बस्तीमा तत्काल स्थानीय सरकारले राहत प्रदान गरेसँगै प्रदेश र संघीय सरकारसँग राहतको पहल गरिरहेको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।

सुख्खायाम सुरु भएसँगै जिल्लामा विगतका वर्षदेखि नै आगलागी हुँदै आएको छ । समयमै आगलागी नियन्त्रणका लागि सम्बिन्धत निकायकाे ध्यान जान आवश्यक देखिन्छ ।