
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो गुनासो गर्नुभएको हो ।
राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताउनुभयो ।
पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उहाँको भनाई थियो । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भिर नभएको आरोप लगाउनुभयो ।
उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्