
काठमाडौं । मोतीदेवी स्मृति केन्द्रले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका दुई दर्जन महिलाहरुलाई सम्मान गरेको छ ।
शुक्रबार काठमाडौंमा मोतीदेवी स्मृति केन्द्रले एक विशेष कार्यक्रमको आयोजना गर्दै राजनीतिक, खेल तथा सामाजिक रुपान्तरणका लागि अन्य विभिन्न क्षेत्रमा आफ्नो तर्फबाट योगदान पुर्याउनुहुने दुई दर्जन महिला व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
उहाँहरुलाई स्मृति केन्द्रकी अध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।
कार्यक्रममा लाक्पाकुटी शेर्पा, बेटी बज्राचार्य, निलम केसी, गौरा प्रसाईं, निलम ताम्राकार, सुशिला श्रेष्ठ, कृष्णा ताम्राकार, सावित्री थापा, निरकेशरी श्रेष्ठ र सुनमाया बुढालाई उहाँहरुले सामाजिक रुपान्तरणका लागि योगदान पुर्याउनुभएको भन्दै सम्मान गरिएको हो ।
कार्यक्रममा नेपालका प्रेरणादायी महिलाहरुको परियात्मक जीवनी समेटिएको वृत्तचित्र पनि सार्वजनिक गरिएको थियो भने पूर्वप्रधानमन्त्री ओलीले प्रेरणादायी महिलाहरु पुस्तकको ७ औँ अंक लोकार्पण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्