
काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य वृद्धि गरेको हाे ।
बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएकाे छ ।
दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्मा पेश गरेपछि सरकारले मूल्य बढाएकाे हाे ।
मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्