१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


आईसीसी क्रिकेट विश्वकप टू : पपुवा न्युगिनीलाई हराउँदै नेपाल विजयी


3.822k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनि(पीएनजी)लाई पराजित गरेको छ ।

नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी ३ विकेटले पराजित भएको हो ।

पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर पुर्‍याएकाे थियाे ।