
म्याग्दी । म्याग्दीमा वर्षा नहुँदा गहुँ बाली सुक्नुका साथै मकै रोप्न समेत ढिलाई भएकाे छ ।
यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँ बाली सुकेको किसानहरुले बताएका हुन् । फागुन अन्तिम हप्ता लागि सक्दा समेत यस वर्ष हिउँदे वर्षा भएको छैन् । लगातारको खडेरीले गहुँ बाली सुकेको किसानहरुले बताएका छन् ।
सिंचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन् । सिंचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँ बाली सुकिसकेकाले किसान चिन्तित भएका छन् । खडेरीका कारण जनजीवन प्रभावित भएको छ ।
सिंचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँ बाली सुकेको किसानहरुले बताएका छन् । हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानहरुको भनाइ रहेको छ ।
बर्खे बाली मध्येको मकैमा जंगली जनावरले क्षति पुर्याउँदा हरेक वर्ष उत्पादनमा कमी आउने गरेको छ ।
हिउँदामा खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने गरेको किसानहरुले बताएका छन् ।
खडेरीका कारण गहुँ बाली उत्पादनमा ह्रास आउन सक्ने अनुमान गरिएकाे छ । लगातारको खडेरीले गहुँबालीमा नराम्रो प्रभाव परेको छ ।
खडेरीका कारण हिउँदे बालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने भएको छ ।
म्याग्दीमा कूल ३० हजार ८ सय ५६ हेक्टर खेती योग्य जमिन रहेकोमा त्यस मध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ ।
खेती गरिएको जमिन मध्ये ६ हजार १३ हेक्टर अर्था ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा १ हजार ६ सय ८० हेक्टरमा बाह्रै महिना सिंचाइ हुन्छ । ४ हजार ३ सय ३३ हेक्टर जमिनमा भने मौसमी सिंचाइ हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्