१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


महासचिव चन्दको प्रश्न- प्रधानमन्त्रीलाई मुद्दा लाग्दा प्रधानमन्त्रीकै पार्टी किन चुप ?


2.912k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा -माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताउनुभयो । उहाँले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिनुभयो । उहाँले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गर्नुभयो । उहाँले माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने चेतावनी दिनुभयो ।

महासचिव चन्दले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्नेकुरा सह्य नहुने बताउनुभयो ।