
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुलाई ‘शत्रु’को संज्ञा दिनुभएको छ ।
आइतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा उहाँले बैंक तथा वित्तिय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा आन्दोलनकोनै सुरुवात गर्नु परेको उहाँले जिकीर गर्नुभयो ।
प्रसाईले १७ लाख परिवारको घर बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको दाबी समेत गर्नुभयो ।
प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबारबाट आन्दोलनको कार्यक्रम सुरु गर्नुभएको छ । त्यसक्रममा उहाँका समर्थकहरुले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकीर गर्दै प्रर्दशन गरेका गरिरहेका छन् ।
गणतन्त्रमा नेता धनि हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकोले आफूहरुले विरोध गर्नु परेको प्रसाईको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्