
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाकोे धुलाबारीमा एक सय वटा डस्टबीन वितरण गरेको छ ।
उक्त सहयोग समुदायक विद्यालयको सरसफाई तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यले त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा वितरण गरिएको हो ।
उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो ।
सो कार्यक्रममा बैैकका तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनीयर बिजीनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिती थियो । साथै खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमिरे लगायतका पदाधिकारीको उपस्थिीती थियो ।
प्रतिक्रिया दिनुहोस्