९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी


507
Shares

एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ ।

आइतबार कोक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरबाट सुरु भएको आगलागीबाट करिब २ हजार घर टहरा जलेर नष्ट भएका हुन् । आगलागीबाट हजारौं शरणार्थी आश्रयविहीन बनेका छन् ।

लगभग १२ हजार शरणार्थीहरुको आवास नष्ट भएको अनुमान गरिएको छ । जसमध्ये अधिकांश छिमेकी म्यानमारको हिंसाबाट भागेकाहरु थिए ।