
काठमाडौं । होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाई गरिएको छ ।
ट्राफिक प्रहरीले सोमबार बिहान ११ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही गरेको हो ।
उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाक्नसक्ने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।
काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्