१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैनन् : वाग्ले


117
Shares

काठमाडौं । अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रोफेसर प्रा.डा. अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार काठमाडौं विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रा.डा. वाग्लेले सरकारले बनाउने वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको टिप्पणी गर्नुभएको हो ।

उहाँले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताउनुभयो । तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तुहरु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी नहुने धारणा राख्नुभयो ।

अर्थविद् वाग्लेले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताउनुभयो । सम्मेलन मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्ने छ । सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ भने भारतबाट पूर्ववाणिज्य सचिव अनुप वाधवानको समेत सहभागिता छ ।