२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रवि लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक


6.539k
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि पुनः नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको हो ।

लामिछानेको सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला गरेको थियो ।