१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छथर जोरपाटीमा अन्तरपालिका स्तरीय प्रथम शिक्षक भलिबल प्रतियोगिता सुरू


364
Shares

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटामा अन्तरपालिका स्तरीय प्रथम शिक्षक विद्यालय कर्मचारी भलिबल प्रतियोगिता सुरू भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगिता छथर गाउँपालिकाको सहयोग तथा पालिका स्तरीय शिक्षक तथा विद्यालय कर्मचारी भलिबल समितिले आयोजना गरेको हो ।

पालिकाले जिल्लामै पहिलो पटक अन्तरपालिका स्तरीय शिक्षक तथा विद्यालय कर्मचारीबीचको प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

प्रतियोगिताले जिल्लाभित्रका शिक्षकहरुको अन्तर निहित क्षमताका साथै एक आपसमा चिनजान हुने समितिको अध्यक्ष दुर्गा लिम्बुले बताउनुभयो ।

प्रतियोगितामा जिल्लाको ७ पालिकामध्ये ६ पालिकाका ७ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा बिजेता हुनेले नगद ५० हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । त्यस्तै, उपबिजेताले नगद ३० मेडल हजार प्रमाणपत्र पाउने भएका छन ।