९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राष्ट्रपति निर्वाचन : कस्ताे छ प्रहरीकाे सुरक्षा व्यवस्था ?


351
Shares

काठमाडौं । बिहीबार हुन लागेकाे राष्ट्रपति निर्वाचनका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्थाको योजना सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मतदान केन्द्र, मतदाताको सुरक्षा, मतपेटिका, मतदान सामग्रीदेखि मतगणना स्थलको सुरक्षा तयारीबारे जानकारी दिएकाे छ ।

राष्ट्रपतिको निर्वाचनका लागि करिब ९ सय जना जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताउनु भयाे ।

एसएसपी कार्कीले मतदान गर्दाको लाइन तथा अन्य व्यवस्थापनको कुरामा मतदान अधिकृतसँग समन्वय गरेर काम गरिने पनि बताउनुभयाे ।

मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुइटा प्रतिनिधि बस्न नदिइने भन्दै उनले मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको जानकारी दिनुभयाे ।