
तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिकामा आयोजित अन्तरपालिका स्तरीय प्रथम शिक्षक विद्यालय कर्मचारी भलिबल प्रतियोगिताको उपाधि पाख्रीबास नगरपालिकाले प्राप्त गरेकाे छ ।
बुधबार सम्पन्न प्रतियोगितामा शहीद भूमी गाउँपालिकालाई पहिलो दोश्रो र चौथो सेट जित्दै पाख्रीबास विजयी भएकाे हाे । विजयी भएसँगै पाख्रीबास नगरपालिकाले नगद ५० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेकाे पालिका स्तरीय शिक्षक तथा विद्यालय कर्मचारी भलिबल समितिका अध्यक्ष दुर्गा लिम्बुले बताउनुभयाे ।
त्यस्तै, उपविजेता बनेको शहीद भूमी गाउँपालिकाले नगद ३० मेडल प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ खेवाले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा जिल्लाको ७ पालिका मध्ये ६ पालिकाका ७ टिमको सहभागिता रहेको थियो ।
नयाँ तरिका नयाँ सोचका साथ गाउँपालिकाले अन्तरपालिका स्तरीय प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो । गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । शिक्षकहरु विद्यालयमा मात्रै समिति नभई विभिन्न प्रतियोगिताहरुमा सहभागिता हुँदा सकरात्मक प्रभाव पार्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताउनुभएकाे छ ।
प्रतियोगिताले जिल्लाभित्र रहेका शिक्षक तथा विद्यालय कर्मचारीबीच नजिक हुने अवसर प्रदान गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्