
काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले मतदान गर्नुभएकाे छ ।
बिहीबार बिहान संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर राष्ट्रपति पदका उम्मेदवार नेम्वाङले मतदान गर्नुभएको हाे । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरू भएकाे छ।
अहिले सांसदहरू मतदान गर्नका लागि लाइनमा बसिरहेका छन् । मतदान बिहीबार दिउँसो ३ बजेसम्म संचालन हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्