
काठमाडाैं । धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ ।
२०२१ सालको नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो । पहिलो चरणमा धनगढीको डुवान क्षेत्रलाई प्राथमिकतामा राखेर अतिक्रमित क्षेत्रमा डोजर लगाइरहेको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढीको बढी डुवान हुने क्षेत्र वडा नम्बर–१ २, ३, ५, ७ का बजार क्षेत्रमा अभियानका रुपमा खाली गराइरहेको उपमहानगरपालिकाले जनाएकाे छ । उपमहानगरभित्र रहेका नाला, खोला, ताल र नदी क्षेत्र जोसुकैले अतिक्रमण गरेको भए पनि हटाउने उपमहानगरको प्रतिवद्धता रहेकाे छ ।
उपमहानगरपालिकाले अतिक्रमण हटाउन सहयोग गर्न नगरवासीलाई आग्रह समेत गरेकाे छ । सार्वजनिक ताल, खोलानाला र कुलो मिचेर व्यक्तिगत संरचना बनाएका केही सीमित व्यक्तिका कारण हरेक वर्ष डुबानको सास्ती व्यहोरी रहेका छन् ।
अतिक्रमणले पानीको बहाव थुनिने भएकाले क्षणभरको वर्षामै धनगढी डुवानमा पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्