९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राष्ट्रपति निर्वाचनमा नेम्वाङले कति गरे खर्च ?


1.794k
Shares

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार बनेका एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नुभएकाे छ ।

राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण नेम्वाङले निर्वाचन आयोगलाई बुझाउनु भएकाे हाे।

एमाले सांसद महेश बर्तौलामार्फत् नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार प्रसार गर्दा १० हजार र मसलन्द शिर्षकमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका हुनुभएकाे थियाे।