८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘ए’ डिभिजन लिग : चर्च ब्वाइज युनाईटेडको लगातार तेस्रो जित


949
Shares

काठमाडौं । चर्च ब्वाइज युनाईटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।

दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १–० ले हरायो । चर्च ब्वाइजका लागि आशिष चौधरीले गोल गरे ।

आशिषले पुलिसविरुद्ध पहिलो खेलमा पनि एक गोल गरेका थिए । लगातार तेस्रो जितपछि ९ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा मनाङसँग बराबरी खेलेको हिमालयनले दोस्रो खेलमा नेपाल पुलिसलाई पराजित गरेको थियो ।

आजै भएको खेलमा थ्री स्टार क्लवले एफसी खुमलटारलाई २–० गोल अन्तरले हराएको थियो । थ्री स्टारको जितमा अजयी मार्टिन्सले दुई गोल गरे । थ्री स्टारको यो पहिलो जित हो । पहिलो जितपछि थ्री स्टारले ३ खेलबाट ४ अंक जोडेको छ ।

पहिलो खेलमै एपीएफसँग पराजित भएको थ्री स्टारले दोस्रो खेलमा फ्रेण्ड्स क्लबसँग ३–३ को बराबरी खेलेको थियो । नवप्रवेशी क्लब खुमलटारको भने यो दोस्रो हार हो । पहिलो खेलमा फ्रेण्ड्सलाई हराएको खुमलटार दोस्रो खेलमा अर्को नवप्रवेशी चर्च ब्वाइज युनाइटेडसँग ३–१ ले पराजित भएको थिए ।

खुमलटारको ३ खेलबाट ३ अंक छ ।