
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि शनिबार देश भरका क्याम्पसहरुमा उत्साहजनक उम्मेदवारी दर्ता भएको छ।
विभिन्न विद्यार्थी संघ,संगठन र स्वतन्त्रको उम्मेदवारी दर्तासंगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने निश्चित भएको नेता विद्यार्थी नेता राेशन साउँदले बताउनु भयाे ।
त्रिभुवन विश्वविद्यालयका छिटफुट क्याम्पस बाहेक देश भरका क्याम्पसमा मनोनयन दर्ता भएको, बाकी रहेका क्याम्पसहरुमा वार्ता गरेर सहमतिमा उम्मेदवारी दर्ता हुने उहाँले बताउनु भयाे।
नेता साउँदले स्ववियु निर्वाचनमा भएको गठबन्धन विद्यार्थीको इच्छा विपरित भएको बताउनु भयाे ।
स्वतन्त्र विद्यार्थी युनियन भनेको समग्र शैक्षिक प्रणालीको सुधारको निम्ति आवश्यक निति नियम विश्वविद्यालय तथा क्याम्पसमा देखा परेका समस्यालाई समाधान गर्न र समय सापेक्ष सिकाइ तथा विज्ञान र प्राविधिक शिक्षामा जोड दिँदै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उहाँले बताउनु भयाे।
स्ववियु, नेता तथा व्यक्तिगत क्षमताको विकास गर्ने नर्सरी तथा मिनि पार्लियामेन्ट भएकोले अबको नेतृत्व विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने योग्य सक्षम व्यक्ति आउनुपर्ने नेता साउँदले बताउनु भयाे ।
उहाँले संगठनप्रति कटाक्ष गर्दै कहि नभाको जात्रा हडिगाउँ भने जस्तो स्ववियु निर्वाचनमा निष्पक्ष, कसैको प्रलोभन बिना स्वतन्त्र स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुनुपर्ने बताउनु भयाे ।
स्ववियुको इतिहास यसको महत्त्व, वर्तमान आवश्यकता र भविष्को कार्यदिशा संगठन प्रति आम विद्यार्थीको निराशालाई उजागर गर्दै अबको नेतृत्व नंया ढंगले सोचेर जानुपर्ने नेता साउँदले बताउनुभयाे ।
विद्यार्थी संगठनमा केन्द्रबाट तोकेर उम्मेदवारको नाम चिठ्ठीमार्फत पठाउने जुन चलन छ, त्यसको अन्त्य हुनु पर्ने नेता साउँदले बताउनु भयाे ।
विद्यार्थी नेता वास्तविक विद्यार्थीबीच स्थापित हुनुपर्ने आम विद्यार्थीको मनोभावना बुझेको पार्टी र संगठनको छाया भन्दामाथि उठेर सबै विद्यार्थी हित अनुकुल नेतृत्व हुनुपर्ने नेता साउँदले बताउनु भयाे ।
साथै नेता साउदले विभिन्न संघ संगठन तथा उम्मेदवारले केही विद्यार्थीलाई प्रलोभन देखाएर खरिद गर्ने पैसा बाडने खालका विकृति विसङतिलाइ चिर्न भिन्न कोणबाट सुझ बुझ गरेर योग्य सक्षम व्यक्तिलाई मतदान गर्न आह्वान गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्