१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छथर जोरपाटी गाउँपालिकाले छैटौं स्थापना दिवस मनायो


845
Shares

तेह्रथुम । छथर जोरपाटी गाउँपालिको आफ्नो छैटौं स्थापना दिवस शनिबार मनाएको छ । गाउँपालिका स्थापना भएको ६ वर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले आफ्नो छैटौं स्थापना दिवस मनाएको हो ।

विभिन्न जातजातिहरुको मौलिक संस्कृति झल्काउने झाँकीका साथ गाउँपालिकाले स्थापना दिवस मनाएको छ ।

स्थापना दिवस कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा मनाइएको हो ।

गाउँपालिकाको ‘समृद्धि र विकासको निम्ति कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार, छथर जोरपाटीको दिर्घकालिन आधार’ भन्ने नारालाई मुख्य रुपमालिएर अगाडि बढेको गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो ।

कार्यक्रममा पुर्वजनप्रतिनिधिलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, गाउँपालिकाबाट बिज्ञान बिषयमा अध्ययन गर्ने सुजाता थापा र बेदबहादुर कार्कीलाई नगद ५० हजारदरा पुरस्कृत गरिएको छ ।

स्थापना दिवसको अवसरमा आइतबार पालिकाले स्थानीय बिदा दिएको छ ।