
धनकुटा । प्रदेश १ को नाम कोशी राखेको विरोधमा आमहड्तालको असर धनकुटा जिल्लामा समेत परेको छ ।
बजार पसलहरु खुला भएपनि लामो दुरीका सवारी र विद्यालय सञ्चालनमा आएका छैनन् ।
धनकुटामा किराँत राई यायोख्खा, किराँत आठपहरीया समाज नेपाल, किराँत कुलुङ्ग भाषा संस्कार र संस्कृती उत्थान संघ, किराँत याक्थुङ्ग चुम्लुङ्ग लगायतका पहिचानवादी संगठनहरुको सहकार्यमा बन्द आह्वन किराँत राई यायोख्खा जिल्ला कार्यसमिती धनकुटाका अध्यक्ष उद्धवमणी राईले जानकारी दिनुभयो ।
अन्दोलनकारीहरुले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा किराँत प्रदेश नामाकरण गर्न समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्