८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कमल थापाको पार्टीका केन्द्रीय प्रवक्ता आचार्य राप्रपामा प्रवेश


793
Shares

काठमाडाैं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा आज आयोजित समारोहमा आचार्य, विश्व ह्विलचेयर यात्री सन्देश रम्तेल लगायतका ४२ जनालाई राप्रपामा स्वागत गर्नुभएको छ ।

आचार्य राप्रपा नेपालमा प्रवक्ता, कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

आचार्यले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तक लेख्नु भएकाे छ ।