
काठमाडौं । घट्दो ब्याजदरसँगै गत बिहीबार ५० अंकको उछाल आएको शेयर बजारमा आइतबार पुनः दोहोरो अंकको गिरावट आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंकले ओरालो लागेर १९ सय ७५ मा आएर थामियो ।
कारोबार भने विहीबारको तुलनामा पनि थप बढेर डेढ अर्ब माथि पुग्यो ।
सबै समूह रातो रहँदा वाणिज्य बैंक समूहमा सबैभन्दा उच्च डेढ प्रतिशत माथि गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६० कम्पनीको ४७ लाख ७२ हजार कित्ता शेयर १ अर्ब ६६ करोड बराबरमा खरीदविक्री भयो ।
यसदिन १ सय ८६ कम्पनीको शेयर मूल्य घट्दा जम्मा २६ कम्पनीको मात्र शेयर मूल्य वृद्धि भएकोछ । घटेको बजारमा पनि शुभम पावरको शेयर भने सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्