
web pic
सिन्धुली । आज सिन्धुली जिल्लाको पुष्पलाल मध्यपहाडी लोकमार्गमा स्थित फिक्कल गांउपालिका कुइभिरमा भएको बस दुर्घटनामा परी ६ जनाको मत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ओखलढुगा मानेभन्ज्याङगा.पा.–६ देबबहादुर सार्की, ओखलढुंगा सिद्दिचरण न.पा–३ का पेशल भुजेल, सिद्दिचरण न.पा–५ कीजोशना राई, चिसंखुगढी –४ का संजित राई, सिद्दिचरण न.पा–५की राधा भुजेल र उदयपुर कटारी न.पा–२ कीकुमारी क्याप्छाकी मगर रहेका छन् ।
सो दुर्घटनामा परी घाइते भएका ८ जनाको थप उपचारका लागि सिन्धुलीको खुर्कोटबाट हेलिकेप्टरबाट काठमाडाैं पठाइएको जनाइएको छ ।
ओखलढुंगाबाट काठमाडौँ जादैै गरेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुली जिल्लाको फिक्कल गांउपालिकास्थित कुइभिरमा ब्रेक फेल भै सडकको भितामा ठोक्किएर दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्