
काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले अहिले नर्दन मारियाना आइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले नर्दन मारियानाको सामना गरिरहेको हो ।
नेपाल आज नर्दन मारियानालाई हराउँदै छनोटको दोस्रो चरणमा पुग्न चाहन्छ । छनोटमा नेपाल लगातार दोस्रो जित समेत निकाल्ने योजनामा रहेको छ । समूह ‘बी’ मा रहेको नेपाल १ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको थियो । नर्दन मारियाना पहिलो जितको खोजीमा रहेको छ । नर्दनलाई पहिलो खेलमा प्यालेस्टाइनले ३–१ ले हराएको थियो । यस समूहबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुने छ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्ने छ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुने छ ।
यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्