२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शपथ लिंदै

राष्ट्रपति भण्डारीले आजै शितल निवास छाड्ने

65
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएकाे छ ।

साेमबार दिउँसाे १ बजे पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु हुने भएकाे हाे । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुपर्ने व्यवस्था रहेकाे छ ।

अहिले मुलुकमा प्रधनन्यायाधिश पद रिक्त रहेकाले कायम मुकायम प्रधनन्यायाधिश कार्कीले सपथ गराउनु हुने भएकाे हाे । राष्ट्रपति कार्यालयले पौडेलको शपथका लागि साेमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्दैछ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यहि फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

नेपालको संविधान अनुसार संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई साेमबार नै पदभार हस्तान्तरण गरेपछि राष्ट्रपति भण्डारीले साेमबार नै शितल निवास छाड्नु हुने भएकाे छ ।

उहाँ शितल निवासबाट बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर २ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा हुनुहुन्छ ।