७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नवनिर्वाचित राष्ट्रपति पौडेल आजै शितल निवास सर्ने


169
Shares

काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल साेमबार नै शितल निवास सर्ने हुनुभएकाे छ ।

साेमबार दिउँसो १ बजे उहाँकाे शपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ । त्यसपछि उहाँ शितल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यहि फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनु भएकाे थियाे ।

उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर भन्दा बढी मतले पराजित गरी निर्वाचित हुनु भएकाे थियाे । निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख गरिएकाे छ ।