
काठमाडाैं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदकाे निर्वाचनका लागि उम्मेदवारी दिनुभएकी जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
सत्तारूढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्दै साेमबार प्रमिलाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
यादव राजनीतिक, आर्थिक र सामाजिक–साँस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन,ऐतिहासिक मधेश जनबिद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक–पटक भएका बिभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उहाँले आफू पछि हटेको बताउनुभएको छ ।
विज्ञप्तिमार्फत उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दै प्रमिलाले अब उपरान्त आफू उप–राष्ट्रपति पदको लागि उम्मेदवार नरहेको र गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका रामसहायप्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन अपिल समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्