
झापा । झापाको बिर्तामोडमा साेमबारबाट कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रेदश सभाका सदस्य एकराज कार्कीले गर्नुभएकाे हाे । ३ दिनसम्म चल्ने प्रतियोगिता लायन्स क्लब अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा सुरू भएकाे हाे ।
प्रतियोगिताका विजेता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ३० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । त्यस्तै, तृतीय हुने टिमले ७ हजार ५ सय नगदसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले बताउनुभयो ।
साेही प्रतियोगितामा ३६ वटा टिमको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्