७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कानूनहरु बनाउँदा स्थानीय र प्रदेश तहको पनि संलग्नता गराउनुपर्छ : सांसद पौडेल


104
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्ने बताउनुभएको छ ।

सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहको पनि संलग्नता हुनुपर्ने बताउनुभएको हो ।

उहाँले स्थानीय तहको सिफारिसको आधारमा संघीय सरकारले बजेट विनियोजन गर्नुपर्ने पनि बताउनुभयो । उहाँले तिन तहको सरकारबीच समन्वयको अभाव भएको भन्दै एक–आपसमा समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई आफ्नो इकाइको रुपमा हेर्ने गरेको भन्दै उहाँले संघ सरकारले संविधानले प्रदान गरेका अधिकारहरु नै बिर्सिएको बताउनुभयो ।

उहाँले तीन तहको सरकारले गर्ने सेवा प्रवाहको सम्बन्धमा जनतामा प्रश्न उठेको बताउनुभयो । सेवाहरु सर्वसुलभ हुन नसकेको, सुशासन कायम हुन नसकेको लगायतका समस्या तीन वटै तहको सरकारमा रहेको उहाँले उल्लेख गर्नुभयो ।