२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


गीति भिडियो ‘टिकुली ट्याक’ सार्वजनिक


533
Shares

काठमाडौं । नेपाली गीति भिडियो ‘टिकुली ट्याक’ सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो ।

गायक नविनकिशोर राईको शब्द रचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

गीतमा रमेश प्रसाईंले स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । निर्देशन आचार्यले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस अनुसार गीत ल्याएको बताए । उनले पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजी गरी भिडियो सम्पादन गरेको बताए ।

म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको छ । भिडियोमा गाउँ घरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रस्तुत गरिएको छ ।