७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रपति पौडेललाई चीनले दियाे बधाई


429
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनले पनि बधाई दिएको छ ।

सोमबार काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले सामाजिक सञ्जाल ट्विटरमार्फत् राष्ट्रपति पौडेललाई बधाई दिनुभएको हो ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास राखेको उहाँले उल्लेख गर्नुभएको छ ।